FAQs Complain Problems

मुसहर समुदायको परिचय

मुसहर जाति एक परिचय

मुसहर जातिको एकिन उत्पत्ति स्थल जानकारीमा आउन सकेको छैन हालसम्म । तर नेपालमा यो जातिको इतिहास नयाँ भने नभएको बिभिन्न ऐतिहासिक दस्तावेजबाट पुष्टि गर्दछ ।

मुसहर समुदाय नेपालको तराई भूभाग तथा भारतको बिहार ,युपी,एमपी लगायत बिभिन्न स्थानमा बसोबास गरेको पाईन्छ । अति सिमान्तकृत समुदायको रूपमा मुसहरहरू नेपाल र भारतीय भूमिमा बसोबास गरिरहेको छ।आर्थिक राजनैतिक र सामाजिक रूपमा पछाडि परेको यो समुदाय हाल केही समय यता आफ्नो जीवनस्तर उठाउन प्रयासरत छ। पछिल्लो तथ्यांकानुसार ।न्युन साक्षरता भएको यो समूदायका ब्यासठ्ठि जना बिद्यार्थीहरू उच्च शिक्षा हासिल गरिरहेको शैक्षिक आँकडा 2073 ले उल्लेख गरेको देखिन्छ ।

उत्पत्ति इतिहास

प्राचीन कथा अनुसार प्रमेश्वरले मानव जातिको सृजना गरिसकेपछी उसलाई चढ्न भनी घोडा दिईयो ।तर उक्त मानिषले चढ्न र ओर्लन सजिलो होस् भन्ने हेतुले सो घोडाको कम्मरमा औजारहरू प्रयोग गरि खोपिल्टो पार्यो। मान्छेको यस्तो मुर्खता देखि प्रमेश्वरले स्राप दिनुभयो ।मुसा मार्ने सराप पाएका मानिस नै कालान्तरमा मूसहर हुन गएको किंवदन्ती रहि आएको छ।

यो जाति नेपालको एक प्राचीन जाति हो । प्रचलित एउटा पैराणिक कथा अनुसार राबणले सितालाई हरण गरेर लगेपछि भगवान रामले सिताको खोजी गर्ने क्रममा सबरी मुसहरनिसंग भेट भएको र  सबरी ले खाँदै गरेको जुठो बयर रामलाई अर्पण गरेपछि उनको श्रद्धाबाट राम प्रभाबित भएर ईच्छा लागेको कुरा आफुसंग माग्न अनुरोध गर्दा सबरीले २ छोराको ईच्छा राखेकी कथन छ । त्यसैको फल स्बरुप १० महिना पछि जोगिया जाँजर भन्ने ठाउँमा एक दम्पतिको कोखाबाट २ जुम्ल्यहा सन्तानको जन्म भएको थियो ।

तीनै जुम्ल्यहा मध्ये एकको नाम दिनाराम र अर्काेको नाम दिनाभद्री राखियो भन्ने गरिन्छ । मुसहरहरु यी नै दिनाराम दिना भदीको सन्तान भएको भएको कारण त्यो नै उनीहरुको कुलदेबता मान्ने गरेको पाईन्छ ।

यो जाति पनि समाजमा जातिय छुबाछुत तथा बिभेदको प्रमुख चपेटामा परेको समुदाय हो । शैक्षिक दृष्टिकोणले अन्य दलित जातिको तुलनामा शुन्य रहेको यो जातिको कुल जनसंख्या १ लाख ७२ हजार ४ सय चौतिस रहेको छ । जस मध्ये ६.९ प्रतिशत मानिसहरु मात्र साक्षर छन । जुन तराईको दलितहरु मध्ये सब भन्दा कम साक्षर प्रतिसत हो ।

ईमेज: 
PDF_Doc: